नेपालका असहाय बालबालिकाका लागि लण्डन म्याराथन दौडंदै साहिल

लण्डन । युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस दोश्रो वर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनी यस वर्षको लण्डन म्याराथनमा भाग लिने भएका छन् ।

नेपालमा अपाङ्ग र असहाय बालबालिकाको लागि सहयोग गर्ने गैर सरकारी संस्था किड्स फर्स्ट नेपालको लागि सहयोग जुटाउन आफू लण्डन म्याराथनमा भाग लिन लागेको शाहिलले बताए ।

उक्त संस्थाले अपाङ्ग र असहाय बालबालिकाहरूको लागि शिक्षा, स्वास्थ्य र जीवन आर्जन गर्नको लागि आवस्यक सहयोग गर्दै आएको छ ।

उनले म्याराथनमा भाग लिएर करिब तीन हजार पाउण्ड सहयोग उठाउने लक्ष्य राखेका छन् । उक्त दौडमा भाग लिएर उठेको सबै रकम उक्त संस्थालाई सिधै सहयोग जाने उनले प्रष्ट्याए । उनलाई सहयोग गर्न चाहनेले लण्डन म्याराथनको लिंक https://uk.virginmoneygiving.com/fund/kfn-shahil  मा गएर सहयोग गर्न सकिने छ । शाहिल डार्टफोर्डका नेपाली काउन्सिलर डा. बच्चु कैलाश कैनीका छोरा हुन्  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री