माधव नेपाल भन्छन्, ‘एक सातामा नयाँ सरकार’

चितवन-पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले एक साताभित्र मुलुकले नयाँ सरकार पाउने बताएका छन् ।

प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको समापन समारोहलाई मंगलबार भरतपुर महानगरपालिकाको पटिहानीमा सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बन्ने बताए ।

दुई पार्टी मिलेर नयाँ पार्टी बन्ने भन्दै उनले यसले अरू पार्टीहरुलाई पनि सकारात्मक सन्देश दिने बताए । अब देश विकासको बाटोतर्फ जाने भन्दै उनले विदेशीहरु पनि नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले खेलले एकताको भावना र अनुशासन पालना गर्न सिकाउने भएको भन्दै राष्ट्रका निम्ति खेल गौरव भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री