प्रदेश नं १ मा सरकार गठनको तयारी

विराटनगर-प्रदेश नं १ मा सरकार गठनको प्रक्रिया शुरु भइसकेको छ ।

प्रदेशसभा सदस्य जीवन घिमिरेले मुख्यमन्त्री पदमा संसदीय दलका नेता शेरधन राईलाई नियुक्तिका लागि नेकपा एमालेको औपचारिकपत्र प्रदेश सचिवालयका सचिव रामकृष्ण गुरागाईंलाई बुझाएपछि सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता टङ्क आङबुहाङले पनि राईलाई समर्थन गरेको पत्र सचिव रामकृष्ण गुरागाईंलाई बुझाए ।

प्रदेश नं १ मा नेकपा एमालेको स्पष्ट बहुमत छ । ९३ सदस्यीय यस प्रदेशसभामा नेकपा एमालेका मात्र ५१ सदस्य छन् । यसबाहेक नेकपा (माओवादी केन्द्र) को १५ प्रदेशसभा सदस्य छन् ।

नेकपा (एमाले) ले प्रदेश नं १ को संसदीय दलको नेतामा शेरधन राईलाई चयन गरिसकेको छ । नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य जीवन घिमिरेले सम्भवतः भोलि अर्थात् बुधबार प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नेछन् ।

फागुन ३ गते मुख्यमन्त्रीको शपथग्रहण हुने पनि उनले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री