विवाहमा नृत्यका लागि रणवीर सिंहलाई २ करोडको अफर

फिल्म ‘पद्यमावत’मा प्रभावशाली अभिनय गरेका रणवीर सिंहको ‘एक्टिङ’ का फ्यान अझ बढेका छन् । जसका कारण हालै उनलाई एक विवाह कार्यक्रममा नृत्यका लागि ‘पेड इनभिटेसन’ पठाइयो । तर, उनले त्यो अफर ठाडै अस्वीकार गरेका छन् ।

रिपोर्टहरुकाअनुसार रणवीरलाई विवाहमा ३० मिनेट सहभागी हुनुपर्ने थियो, त्यसका लागि २ करोड भारतीय रुपैयाँ दिने अफर आएको थियो ।

तर, रणवीरले यो अफरलाई ठाडैं अस्वीकार गरिदिए । यसका पछाडिको कारण उनको फिल्म ‘गुल्ली ब्वाईज’ हो ।

अहिले उनी आलिया भट्टसँग यो फिल्मको छायाँकनमा ब्यस्त छन् । यसकारण उनले दुई करोडको अफर अस्वीकार गरे । यो फिल्म अहिले विहान ६ देखि साँझ ६ बजेसम्म छायांकन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री