ओली सरकारमा पण्डित र थापा मन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसङ्ख्या तथा वातावरण र थममाया थापालाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा नियुक्त गरेका छन् ।

बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा सपथ ग्रहण गराए लगतै ओलीले सानो आकारको मन्त्रिमण्डल बनाएका हुन् ।

मन्त्री पण्डित यसअघि सामान्य प्रशासनमन्त्री र थापा एमाले संसदीय दलको सचेतक थिइन् ।

समारोहमा पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागी थिए ।

नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित बिहीबार पदवहाली गर्नुहुँदै । तस्बिर – नवीन पौडेल, रासस

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार नवनियुक्त महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा मन्त्रिपरिषदको बैठकबारे जानकारी दिनुहुँदै । तस्बिर – नवीन पौडेल, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री