एनआरएनए वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति गठन

लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति गठन गरिएको छ । एनआरएनए सचिव डी. बी. क्षेत्रीको संयोजकत्वमा समिति बनाइएको हो ।

समितिमा मध्यपूर्वका जोन अर्याल सहसंयोजक र मध्यपूर्वका लागि सदस्यहरुमा यूएइबाट रमेश श्रेष्ठ, इजरायलबाट सुवास सिम्खडा, बहराइनबाट लक्ष्मी गिरी र ओमनबाट गुणहरी अधिकारी छन् ।

त्यसैगरि, युरोपबाट खुशी लिम्बु सहसंयोजक र सदस्यहरुमा लक्ष्मी प्रसाद भट्टराई (पोल्याण्ड), कुबेर कार्की 
(पोर्चुगल), हेमराज पौडेल (जर्मनी), टिकाराम साप्कोटा (निदरल्याण्डस) छानिएका छन् । अमेरिकाका लागि विनोद भट्ट सहसंयोजक र सदस्यहरुमा अमेरिकाबाट पर्शुराम भण्डारी, कोमल सापकोटा र सुमन वस्ती चुनिएका छन् ।

एसिया प्यासिफिकबाट आस्था मल्ल सहसंयोजक र सदस्यहरुमा मुकेश बरुवाल मकाउ र खगेन्द्र न्यौपाने मलेसिया छन् । अफ्रिका पदम राना सहसंयोजक, सुरज डुम्रे केन्या र विश्वास पौडेल नाइजेरिया छन् । ओसिनियाबाट चोलाकान्त खनाल सहसंयोजक र सदस्यहरुमा विजय फुंयाल, मुरारी लम्साल र सन्जय श्रेष्ठ रहेको संघले जनाएको छ ।

त्यसैगरि, समितिको सल्लाहकारहरुमा रामेश्वर शाह, सोम सापकोटा र 
रजनी प्रधान छन् भने मिडियामा दामोदर नेपाल, नवराज पोखरेल र सुजन केसी छानिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री