यस्ता छन् प्रदेश नं ६ का पाँच योजना

प्रदेश–६ को सुर्खेतमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यालय स्थापना गर्दै प्रदेश मुख्यसचिव सुरेश प्रधान । तस्वीर – लक्ष्मी भण्डारी, सुर्खेत, रासस

सुर्खेत, ४ फागुन – प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज अपराह्न पदभार ग्रहण गर्नुभएको छ ।

नेपालको संविधान को धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त शाहीलाई प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज शपथ गराउनुभएको थियो । पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहीले आफ्ना पाँच प्राथमिकताका योजना सार्वजनिक गर्नुभयो ।

सोअनुसार प्रदेश नं ६ का प्रत्येक स्थानीय तहमा सडक सञ्जाल विस्तार तथा विद्युतीकरण, बढ्दो जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण एवं हरित प्रदेशका रुपमा विकास, पर्यटकीय क्षेत्र (हुम्लाको मानसरोवर र कैलाश पर्वत, मुगुको छायानाथ र रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल, सुर्खेतको काँक्रेविहार, कालीकोटको त्रिवेणी, दैलेखको ज्वाला केन्द्र), साना तथा ठूला धार्मिक– प्राकृतिक सम्पदालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ ।

त्यसैगरी प्रदेशभित्रका सबै जिल्लामा सुविधासम्पन्न अस्पताल बनाइने, हरेक विधाका शैक्षिक संस्था स्थापना गरी दक्ष जनशक्ति उत्पादन गरिर्ने र रोजगारीको वातावरण सिर्जना गरिने छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री