प्रधानमन्त्री केपी शर्मा ओली भोलि बालुवाटार सर्ने

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

प्रधानमन्त्री ओली भोलि अपराह्न ४. ०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छाडेका थिए । ओली बिहीबार प्रधानमन्त्री नियुक्त भएर सपथ लिएका  थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री