७ नं. प्रदेशमा सरकार गठन, को को भए मन्त्री ?

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा नियुक्ति भएपछि प्रदेश प्रमुखको कार्यालयमा बिहीबार पत्रकारसँग कुरा गर्दै त्रिलोचन भट्ट । तस्वीर – सिद्धराज भट्ट, धनगढी, रासस

कैलाली- प्रदेश नं ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले सात सदस्यीय प्रदेश सरकार गठन गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा शनिबार आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनियताको शपथ गराए ।

जसमा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह आन्तरिक मामिला तथा कानून मन्त्री भएका छन् । यस्तै एमाले कैलालीका जिल्ला अध्यक्ष दीर्घबहादुर सोडारीले सामाजिक बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पठानसिं बोहराले प्रभावशाली मानिने भौतिक पूर्वाधार विकास मन्त्रालय पाएका छन् । यस्तै माओबादी केन्द्रका सल्लाहकार तथा बैंकर झपट बोहराले आर्थिक तथा योजना मन्त्री भएका छन् ।

यस्तै माया भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पाएकी छन् भने विनिता चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री