गायक चन्द्र घलेलाई भिसी गजे घले सम्मान

लन्डन । लोक दोहोरी र ठाडो भाकाका प्रख्यात गायक चन्द्र घले (पुराण काईंला) भिसी गजे घले अवार्डबाट सम्मानित भएका छन् । ल्होछारका अवसरमा हालै लमजुंगको बेशीशहरमा आयोजित एक समारोहमा घलेलाई भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमाणपत्रसहित एक लाख रुपैयां प्रदान गरे । लीःल फंग 
अन्तर्राष्ट्रिय समन्वय घले समाजले अवार्ड प्रदान गरेको हो ।

घलेले कलाकारितामा गरेको योगदान स्वरुप उक्त अवार्ड दिइएको लीःल फंग अन्तर्राष्ट्रिय समन्वय घले समाजका संयोजक धन घलेले बताए ।

नेपाली सांगीतिक आकाशमा चन्द्र घले लोक दोहोरी र ठाडो भाकाका गीतले परिचित छन् । उनलाई तीन चार रातसम्म लगातार गाउन सक्ने खुबी भएका कलाकारका रुपमा समेत लिइन्छ । गोरखा बारपाक, सुलीकोट गाउंपालिका वडा न १ निवासी उनलाई गाउंघरमा ‘पुराण काईंला’ उपनामले समेत बोलाउने गरिन्छ ।

बाल्यकालदेखि नै गीत गाउन रुची राख्ने पुराण काईंलाले घले भाषाका कयौं गीत र ठाडो भाकाका एल्बम समेत निकालेका छन् । उनले घले भाषामा ‘संगसो’, ‘श्युब- ख्यंड’ र ‘ङिन क्यचे’ (हाम्रो घले भाषा) निकालेका छन् । उनको गायिका कुमारी घलेसंग मिलेर ठाडो भाकाको नयां अल्बम समेत सार्वजनिक भएको छ । युट्यबमा समेत उनका गीत उपलव्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री