अल्डरसटमा नेपाली युवाले खोले ककटेल बार

Truth bar

लन्डन । अल्डरसटमा नेपाली युवाहरुले ‘ककटेल बार’ खोलेका छन् । तीन युवा उद्यमी दिनेश श्रेष्ठ, दिपेश लामा र सन्दिप पौडेलको साझेदारीमा अल्डरसटको ९३ भिक्टोरिया रोडमा ‘ट्रुथ’ नामक ककटेल बार खुलेको हो । शहरकै ‘उत्कृष्ट’ ककटेल बार भनिएको उक्त बार सर्वसाधारणका लागि मार्च २३ बाट खुल्ला हुने सञ्चालकमध्ये एक दिनेश श्रेष्ठले जानकारी दिए ।

शुक्रबार र शनिबार राती २ बजेसम्म डिजेसहित बार खुल्ने र अरु दिन राती ११ बजे बन्द हुने सञ्चालकले बताएका छन् । शुरुमा ड्रिंक्समात्र पाइने भएपनि केही समयपछि खाना समेत उपलब्ध हुने बताइएको छ ।

‘अनुभवी बार टेण्डर भएका कारण ककटेलका लागि हामी उत्कृष्ट छौं’- श्रेष्ठ भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री