अन्तराष्ट्रिय नारी दिवस मनाइदै

लण्डन । एनआरएनए बेलायत, महिला फोरमले अन्तराष्ट्रिय नारी दिवस मनाउने भएको छ । ३ मार्च शनिबार, लोटस क्लब उल्वीचमा १०८ औ नारी दिवस मनाउने तयारी गरिएको कार्यक्रम सहसंयोजक निया देवानले जनाइन् ।

कार्यक्रम सफल बनाउन लिला देबी गुरुङ संयोजक र निया देवान तथा लिला सेलिङ माबो सहसंयोजक रहेको आयोजक कमिटी गठन गरिएको छ।

उक्त अबसरमा संगीत र मनोरन्जनसहित लैङिक समानता बिषयमा प्रबचन हुनेछ । नर्सिङ असोसिएसनको सहकार्यमा ‘हेल्थ अवेरनेस’ बिषयमा अन्तरक्रिया समेत गरिने सहसंयोजक निया देवानले जानकारी दिएकी छन् ।

कार्यक्रममा सहभागी हुन आयोजकले सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री