प्रधानन्यायाधीशद्वारा महान्यायाधिवक्ता खरेललाई शपथ

Agni prasad Kharel

नव नियुक्त महान्यायाधीवक्ता अग्निप्रसाद खरेल सिंहदरबारस्थित महान्यायाधीवक्ताको कार्यालयमा आफनो पदभारग्रहण गर्नुहुँदै । तस्बिर – रासस

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन।

सरकारको मुख्य कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता पदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले खरेललाई मंगलबार नियुक्त गरेकी थिइन् । महान्यायाधिवक्ता खरेलले बुधबारै पदबहालीसमेत गरेका छन् ।

उनी यसअघि कानुनमन्त्री समेत भइसकेका ब्यक्ति हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री