लन्डन फेसन वीकमा अनिता

लन्डन । सेन्ट्रल लन्डनमा गत १८ फेब्रुअरीमा आयोजित ‘लन्डन फेसन वीक’ मा नेपाली मोडल अनिता लिम्बुले पनि क्याट वाक गरिन् । ५ तारे हिल्टन वाल्डरोफ होटलमा आयोजित उक्त फेशन वीकमा अनिताले चार युरोपेली डिजाइनरका ‘कस्ट्युम’ लगाएर रनवे मोडलिङ गरेकी थिइन् ।

अनिता १७ फेब्रुअरीमा क्लेटन होटलमा आयोजित ‘एसएम ग्लोबल क्याटवाक लन्डन फेसनवीक’ मा पनि सहभागी भइन् । उक्त शोमा तीनजना डिजाइनरका पोशाक लगाएर अनिताले मोडलिङ गरेकी थिइन् ।

उक्त शोमा अमेरिकी सेलिब्रेटी डिजाइनर जेफ गार्नरका डिजाइन समेत समावेश थिए, जसको पोशाक रिहान्ना, टेलर स्वीफट, किङस अफ लियोन जस्ता सेलिब्रेटीले लगाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री