यी हुन् दुनियाँका सबैभन्दा बढी कमाउने १० फिल्म

मार्बल स्टुडियाको फिल्म ‘ब्ल्याक पैन्थर’ले बक्स अफिसमा जबरजस्त कमाइ गरिरहेको छ । फिल्मले पाँच दिनमा दुनियाँभरबाट २९०१ करोड रुपैयाँ कमाइसकेको छ । जुन रुपमा अहिले बक्स अफिसमा यो फिल्मले कमाइ गरिरहेको छ, त्यो हेर्दा लाग्छ यसले चाडै कयौं रेकर्डहरु बक्स अफिसमा कायम गर्नेछ ।

दुनियाँका सबैभन्दा १० कमाउने फिल्म आखिर कुन कुन हुन् त ? अब यो रोचक तथ्यलाई हेरौ कि यसरी आक्रमक कमाइ गरिरहेको सिनेमाले सर्वाधिक कमाउने सिनेमाहरुमा आफ्नो स्थान बनाउन छ कि बनाउँदैनन् त्यो भने हेर्नैपर्छ ।

निर्देशक जेम्स क्यामरनको सिनेमा ‘अवतार’ पछिल्लो ८ वर्षमा संसारको सबैभन्दा बढी कमाउने सिनेमा बनेको छ । १८ डिसेम्बर २००९ मा रिलिज भएको यो फिल्मले सन् १९९७ को सुपरहित फिल्म ‘टाइटनिक’ को रेकर्ड ब्रेक गरेको थियो । ‘टाइटनिक’ अहिले पनि दुनियाँ सबैभन्दा बढी कमाउने दोस्रो फिल्म हो ।

‘अवतार’ को वल्ड वाइड कलेक्सन १८०३३ करोड भारतीय रुपैयाँ रहेको थियो भने ‘टाइटनिक’को वल्ड वाइड कलेक्सन १४३०४ करोड भारतीय रुपैयाँ थियो ।

यस्तै सन् २०१५ मा रिलिज भएको ‘स्टार वार्स इपी ४ः द फोर्स अवाकेन्स’को विश्वब्यापी कलेक्सन १३३३५ करोड भारतीय रुपैयाँ रहेको थियो । सन् २०१५ मै रिलिज भएको ‘जुरासिक वल्ड’को संसारभरको कलेक्सन १०८२८ करोड भारतीय रुपैयाँ रहेको थियो ।

‘द एवेन्जर्स’ सन् २०१२ ले ९८४२ करोड भारतीय रुपैयाँ विश्वभरबाट आफ्नो खल्तीमा हालेको थियो भने सन् २०१५ मा रिलिज भएको ‘फ्युरियस ७’ को कमाइ ९५८३ करोड रुपैयाँ रहेको थियो ।

सन् २०११ को ‘ह्यारी पोर्टर एण्ड द डेथी हान्लोज ः पार्ट २’ को विश्वब्यापी कलेक्सन ९६८९ करोड भारतीय रुपैयाँ, सन् २००५ मा रिलिज भएको ‘एवेन्जुर्स ऐज अफ अल्ट्रोन’ ले ९१२१ करोड भारतीय रुपैयाँ र सन् २०१७ मा रिलिज भएको ‘स्टार वार्स इपी–६ः द लाष्ट जेडी २०१७’ ले विश्वब्यापी रुपमा ८५७१ करोड भारतीय रुपैयाँ कमाइ गरेको थियो ।

यस्तै, सन् २०१३ को सिनेमा ‘फ्रान्जन’को विश्वब्यापी कमाइ ८२८३ करोड भारतीय रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री