बालुवाटारमा ओलीको ६७ औँ जन्मोत्सव

प्रधानमन्त्री एवं नेकपा (एमाले) का पार्टी अध्यक्ष केपी शर्मा ओलीको ६७ औँ जन्मदिनका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एमाले स्थायी कमिटीको बैठक शुरु हुनु अघि केक काटदै प्रम ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यसहित पार्टी नेताहरु । तस्बिर- प्रकाश सिलवाल, रासस

काठमाडौँ, ११ फागुन – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको ६७ औँ जन्मदिन आज प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको छ ।

पार्टीका नेता, मन्त्रीगण, राजदूतका साथै परिवारका सदस्य, कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमा केक काटेर प्रधानमन्त्री ओलीको जन्मदिन मनाइएको थियो ।

विसं २००८ फागुन ११ मा तेह्रथुममा जन्मनुभएका ओलीलाई नयाँ सरकारको सफलताका साथ दीर्घायुको कामना गर्दै सांगीतिक प्रस्तुति दिइएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री