एफसी केन्टद्वारा सामुदायिक बाल उद्दार केन्द्रलाई दुई लाख सहयोग 

केन्ट । एफसी केन्ट गोर्खा भेट्रान बेलायतले एक च्यारिटी फुटबल खेल आयोजना गरी सामुदायिक वाल उद्दार केन्द्र, काठमाडौंलाई २ लाख रुपैयां सहयोग रकम हस्तान्तरण गरेको छ । एफसीले गत शनिबार काठमाडौंमा सो फुटबल प्रतियोगिता गरेको थियो ।

नेपालीले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको इतिहाससँगै सन् २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाएयता आफ्नो संस्कार-संस्कृति, भाषा तथा नयां र पुराना पुस्तालाई जोडेर राख्नुका साथै समाजमा घुलमिल गराउन सन् २०१४ मा सो क्लबको स्थापना भएको हो । समय समयमा च्यारिटी खेल खेलेर नेपालमा अनाथ, असहायहरुलाई सके जति सहयोग गर्ने क्लबको योजना रहेको क्लबका प्रवन्धक बुद्धी सुनुवारले जनाए ।

काठमाडौंमा ‘एमएस सेन्टर’ र एफसी केन्ट गोर्खा भेट्रान बेलायतबीच खेलिएको खेलमा नेपालका कलाकारहरु धिरेन शाक्य लगायतको उपस्थिति थियो । खेल फुलटाइम सम्ममा बराबर भएपछि ‘पेनाल्टी सुट’ मा समाप्त भएको थियो । उक्त खेल समाप्तपछि सामुदायिक वाल उद्दार केन्द्र काठमाडौंलाई २ लाख सहयोग रकम हस्तान्तरण गरिएको हो ।

टिम कोच लोक चेम्जोङले दोस्रो च्यारिटी खेल पोखरा सहारा क्लबको आयोजनामा मार्च ३ तारिख खेलेर सहारा युथ क्लबलाई सहयोग रकम हस्तान्तरण गर्ने क्लबको प्रारम्भिक योजना रहेको जानकारी पनि दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री