आइसीसी एकदिवसीय विश्वकप छनोट- स्कटल्याण्डसँग नेपाल ४ विकेटले पराजित

तस्वीरः क्रिकेट वर्ल्डकप ट्वीटर

काठमाडौं–आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत समूह बीको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ । बिहीबार जिम्बाबेको बुलावायो मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ४७.४ ओभरमा अलआउट हुँदै १ सय ४९ रन जोड्यो । यसअघि पहिलो खेलमा नेपाल जिम्बाबेसँग १ सय १६ रनले पराजित भएको थियो ।

१ सय ५० रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ५१ बल बाँकी छदैं ६ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गरयो । स्कटल्याण्डको विजयमा कप्तान केल कोटइजरले ८८ रनको विजयी पारी खेले । १ सय ३६ बल खेलेका उनले ३ छक्का र ७ चौका प्रहार गरे । उसका अन्य ब्याटसम्यानहरुले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

कोइटजरले एकतर्फबाट प्रदर्शन गर्दै टिमलाई विजय दिलाएका थिए । नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले २-२ विकेट लिए । यस्तै, ललित राजबंशी र दीपेन्द्र सिंह ऐरीका नाममा १-१ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालमा प्रदर्शन राम्रो रहन सकेन । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रन जोडेका थिए । ७५ बल खेलेका पारसले १० चौका प्रहार गरेका थिए ।

एकतिरबाट निरन्तर विकेट झरिरहेको अवस्थामा पारसले ११६ मिनेछट क्रिजमा बिताएका थिए । बसन्त रेग्मीले नटआउट २४ र सोमपाल कामी १८ तथा रोहित पौडेलले १५ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ स्कटल्याण्डका स्टुवार्ड बिटिङ्घमले ३ विकेट लिए । यस्तै, साफयान सरिफका नाममा २ विकेट रह्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री