तमुधिं यूकेको च्यारिटी डिनर २५ मार्चमा

मिचेटस्थित तमुधिं यूके भवन

लन्डन । तमुधिं यूकेले धादिङमा एक विद्यालय निर्माणका लागि रकम जुटाउन २५ मार्च आइतबार ‘च्यारिटी डिनर नाइट’ गर्ने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा अपरान्ह ४ देखि च्यारिटी डिनर कार्यक्रम गर्न लागिएको हो ।

तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले धादिङ जिल्लाको दुर्गम क्षेत्र खादिङमा अवस्थित श्री हिमालय सरस्वती प्राइमरी स्कुल पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन च्यारिटी गर्न लागिएको जानकारी दिए । अध्यक्ष गुरुङले उक्त कार्यक्रममा आएर आफ्नो प्रोजेक्टलाई सघाउन बेलायतस्थित समस्त नेपाली समुदायसमक्ष अपिल गरेका छन् । उक्त विद्यालयका लागि पहार ट्रष्ट नेपालले समेत सघाएको छ । सन् २०१५ को महाभूकम्पले उक्त विद्यालय भत्किएको छ ।

सन् २००० मा स्थापित च्यारिटी संस्था तमुधिं यूकेले नेपालमा प्राकृतिक विपत्ति देखि आपत परेका बेला विश्वको जुनसुकै स्थानमा रहेका नेपालीलाई समेत सहयोग प्रदान 
गर्दै आएको छ । संस्थाले नेपालको विशेषगरि शिक्षा, स्वास्थ्य, खेल, पर्यटन तथा सामाजिक क्रियाकलापमा सहयोग गरिरहेको छ ।

तमुधिं यूकेले बेलायतमा नेपाली मेला र गोर्खा कप जस्ता वृहत इभेन्ट वर्षेनी गर्दै आएको छ, जसमा हजारौं नेपाली सहभागी हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री