पत्रकार महासंघ युकेको अधिवेसन मे १९ मा


लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको चौंथो अधिवेसन मे १९ मा हुने भएको छ । शाखाको शनिबार फार्नब्रोमा बसेको बैठकले सो निर्णय गरेको हो ।

शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको सो बैठकले अधिवेसनमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने निर्णय गरेको छ ।

बैठकले नयाँ सदस्यताका लागि प्राप्त आवेदनमध्ये सर्वसम्मतरुपमा २० जनालाई सदस्यता दिने निर्णय गरेको छ ।

जसअनुसार मञ्जु भण्डारी खरेल, डा. नरेशचन्द्र राई, कुमबहादुर (कुमार) केसी, भूमिराज राई, गुणदेव घिमिरे, सुमलकुमार गुरुङ, जगन्नाथ (जनक) कार्की, ओमप्रसाद थापा काउचा, प्रकाश अर्याल, जानुका काम्बाङ लिम्बु, रुद्र ढकाल, भिमल राई, हेमन्त राज पौडेल, बिसन गुरुङ, खेमराज रानाभाट, बमबहादुर थापा, जयराम तामाङ, शंकर श्रेष्ठ, प्रकाश गुरुङ र लालबहादुर पुन रहेका छन् ।

बैठकले ६३ सदस्यहरुको सदस्यता समेत नवीकरण गरेको छ ।

यसैगरी, शाखाले अधिवेसनका अवसरमा युकेमा रहेका अग्रज पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।

शाखाको बैठकलाई केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले टेलिफोनमार्फत शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री