विद्यादेवी भण्डारी लगातार दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा विजयी

राष्ट्रपति भण्डारी । फाइल तस्वीर

काठमाडौँ-संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी छन् । उनी लगातार दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

उनले ३९ हजार २७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीकी प्रतिस्पर्धी नेपाली कांग्रेस नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी थिइन् । उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।

संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।

भण्डारीलाई नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा, राप्रपा र जनमोर्चाले समेत भोट दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री