लण्डन । युके नेपाल फ्रेण्डसिप सोसाइटीको पहलमा वेल्समा नेपालमा व्यापार प्रवर्धन र सम्बन्ध विस्तारका विभिन्न कार्य गरिएको छ ।
सो क्रममा बेलायतमा क्रियाशील नेपाली सामुदायिक संस्थाहरु ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी र सहारा युकेका प्रतिनिधिहरुले यही मार्च ६ तारिखका दिन कार्डिफस्थित वेल्सको संसदको अवलोकन भ्रमण गरेका छन् ।
बिजिडब्ल्युएसका अध्यक्ष मेजर रिटायर्ट टिकेन्द्र दल देवान जेपी, महासचिव छत्र राई र सदस्य गजवीर थापा तथा सहारा युकेका तर्फबाट लेफ्टिनेण्ट रिटायर्ड कुसाङकुमार गुरुङ सो प्रतिनिधि मण्डलमा रहेका थिए ।
युके नेपाल फ्रेण्डसिप सोसाइटीका अध्यक्ष अलान मार्सल स्यांकाका अनुसार, सो टोलीले वेल्सका मुख्यमन्त्रीसितको प्रश्नोत्तर र अन्य गतिविधि हेर्ने मौका पाएका थिए । नेपालमा पनि संघीय व्यवस्थाअनुसार प्रदेशहरुमा संसद संचालन हुँदै गरेको अवस्थामा सो अनुभवबाट प्राप्त ज्ञानलाई नेपालका संसदको सभामुखसम्म पुरयाइने बताइएको छ ।
मह उत्पादनमा वेल्सका विज्ञले सघाउने
युके नेपाल फ्रेण्डसीप सोसाइटीको पहलमा वेल्सको किडविथ्यो कम्पनीले नेपालमा मौरीपालन र मह उत्पादनमा सघाउने भएको छ ।
सोसाइटीले कार्डिफमा रहेको सो कम्पनीको भगिनी प्रतिष्ठान टाइ ग्वेन लिमिटेडलाई नेपालका मौरीपालन र मह उत्पादनमा सघाउन छनौट गरेको हो । सो कम्पनीसित मौरी पालन र मह उत्पादनमा ३० वर्षभन्दा लामो अनुभव छ ।
सो योजनाअन्तर्गत सो कम्पनीले विद्युतीय प्रविधिको प्रयोग गरी मौरीको घारको अनुगमन लिने र घारको प्रभावकारी व्यवस्थापन गरी बढीभन्दा बढी उत्पादन गर्न कृषकलाई सहयोग गरिने छ ।
जीनर्जी र एमआइबीच समझदारी
यसैगरी नेपालीहरुको उर्जा प्रदायक कम्पनी जीनर्जी र अमेरिकी कम्पनी (एमआइ) बीच नेपालमा हाइड्रोपावर क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । एमआइले इन्जिनियरिंग क्षेत्रमा दक्षता र आपूर्ति व्यवस्था समन्वयका बारेमा सहयोग गर्नेछ । वेल्समा नेमिन लिमिटेड र किडविथ्योले सो कार्यमा सहभागिता जनाउने छ । दुवै कम्पनीले नाफामूलक र व्यावहारिक उर्जा परियोजना बनाउन युके र नेपालमा उत्प्रेरकको कामगर्ने विश्वास लिएका छन् ।
थिंग्स टु डु इन नेपाल शुरु
पर्यटन र व्यापार प्रवर्धनको क्षेत्रमा इ-कमर्समा क्रियाशील बेलायती कम्पनी ‘थिंग्स टु डु’ ले नेपालमा पनि व्यापार विस्तार गरेको छ ।
कार्डिफमा आयोजित युके नेपाल ट्रेड एण्ड बिज्नेस इभेण्टमा सोमा सो कम्पनीका प्रबन्धक पल नासले नेपालमा पनि नेटवर्क विस्तारले नेपालका विज्ञ, स्रोत र उत्पादनहरुलाई पश्चिमा बजारसित जोड्ने विश्वास लिए ।

भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल