राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वाचित

संघीय संसद भवन नयाँबानेश्वरमा बुधबार बसेको बैठकले राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गणेशप्रसाद तिमिल्सिना । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले अध्यक्ष पदमा तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो । तस्वीर – रोशन सापकोटा, रासस

काठमाडौं, ३० फागुन – राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित हुनुभएको छ ।

राष्ट्रियसभाको आज संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले अध्यक्ष पदमा तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो । त्यसअघि उहाँका प्रस्तावक खिमलाल भट्टराईले अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो भने उक्त प्रस्तावको समर्थक सुमनराज प्याकुरेल र दिनानाथ शर्माले समर्थन गर्नुभएको थियो ।

राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ७ बमोजिम राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन आगामी चैत ४ गतेका लागि तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक आगामी चैत २ गते अपराह्न ३ बजे बस्नेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री