राष्ट्रपति भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुँदै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा । तस्बिर – प्रदीपराज वन्त,रासस

काठमाडौँ, ३० फागुन – नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सो अवसरमा नेपाली सेनाको एक ब्यान्डले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

शपथलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिसमक्ष बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

शपथ ग्रहण समारोहमा मन्त्रीगण, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु र सामाजिक जीवनका लब्ध प्रतिष्ठित महानुभावहरु सहभागी हुनुहुन्थ्यो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री