‘विवादास्पद’ प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त

गोपाल पराजुली । तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौं । ‘विवादास्पद’ प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । न्यायपरिषद सचिवालयले बुधबार उमेरका कारण पराजुली पदमुक्त भएको पत्र पठाएको छ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनियताको शपथ गराइरहंदा उनी पदमुक्त भएका छन् ।

न्याय परिषद सचिवालयको पत्रमा ‘न्याय परिषद ऐन, २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारणले अवकास हुने भएमा सो को जानकारी सम्वन्धित न्यायाधीश र निकायलाई गराउनु पर्नेछ भन्ने प्रवधान रहेको सन्दर्भमा सम्माननीय महोदयको यस न्याय परिषदमा सचिवालयमा रहेको नागरिकता शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै मिति २०७४-११-३० को च.नं. ४२४-०७४/७५ को प्राप्त पत्र समेतका आधारमा उपरोक्त ऐनको दफा ३१ को उपदफा (७) बमोजिम समेत सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४-४-२१ मा नै पूरा भइसकेको देखिन आएकोले आज मिति २०७४-११-३० को सचिवस्तरीय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँछु’- उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री