प्रतिनिधिभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षले लिए शपथ

काठमाडौँ-प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन्  ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख कृष्णबहादुर महराले उपसभामुखलाई तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको उक्त शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कामु प्रधानन्यायाधीश दीपकराज जोशी उपस्थित रहेका थिए ।

समारोहमा मन्त्री गण, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री