दरबारमार्ग बलात्कारकाण्डका मुख्य अभियुक्त समातिए

काठमाडौँ-दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कारकाण्डका मुख्य अभियुक्त शैलेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी परिसरको टोलीले सोमबार राति दरबारमार्गबाट पक्राउ गरेको हो ।

७ माघको राति चार युवकले एक युवतीलाई उक्त होटलमा जबरजस्ती करणी गरी फरार रहेका थिए ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले विशेष सूचनाको आधारमा खोजतलास गरी पक्राउ परेका निज कार्की रामेछाप दूरागाउँ–३ स्थायी घर भई काठमाडौँ धुम्बाराही बस्दै आएका थिए ।

पैसामा मिलेमतो गरिएको उक्त घटना बाहिर आए लगतै चार अभियुक्त फरार रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री