भूपू गोर्खा प्रतिवेदन एमओडीमा बुझाउने तयारी, गोर्खा आशावादी

लन्डन । भूपू गोर्खाहरुका माग सम्वोधन गर्ने अभिप्रायले गठित बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित त्रिपक्षीय प्राविधिक समितिले अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्राविधिक समितिले भोलि बिहीबार २२ मार्च मध्यान्ह साढे १२ बजे बेलायती रक्षा मन्त्रालय (एमओडी) मा बेलायत र नेपाल सरकारलाई औपचारिक रुपमा प्रतिवेदन बुझाउने भएको हो ।

बेलायती मन्त्री मार्क ल्यानकास्टर र लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी समक्ष रक्षा मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

कमिटीका सह-अध्यक्ष डामियन प्याटरसनले राजदूत डा. सुवेदी र लन्डनस्थित दूतावासका उपनियोग प्रमुख शरदराज आरणले मन्त्री ल्यानकास्टरलाई प्रतिवेदन बुझाउने छन् । प्रतिवेदनबारे राजदूत र बेलायती मन्त्रीले संक्षिप्त मन्तव्य दिने कार्यक्रम समेत रहेको गेसो सभापति कृष्णकुमार राईले बताए ।

Aप्राविधिक समितिले पांचौं चरणको वार्तापछि प्रतिवेदनलाई गत साता अन्तिम रुप दिएको थियो । भूपू गोर्खाहरुले समान पेन्सन, आफ्ना सन्तानलाई बेलायतको आवासीय अधिकार, क्षतिपूर्ति लगायत माग राख्दै आएका छन् ।

प्रतिवेदनले उल्लेखित माग सम्वोधन गरेको भन्दै गेसो सभापति राईले नतिजा सकारात्मक आउनेमा आशावादी रहेको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री