बेडमा तपाईको पोजिशन के हो ? शाहिद कपुरकी पत्नीले दिइन यस्तो जवाफ

शाहिद कपुर पत्नी मीरा राजपूतसँग नेहा धुपियाको च्याट शो ‘बोग बीएफएफ’ मा पुगे । यस दौरान दुवैले आफ्नो लाइफसँग जोडिएका कयौं रोचक जानकारीहरु शेयर गरे । धुपियाले जब उनीहरुको सेक्स लाइफका विषयमा प्रश्न सोधिन, शाहिद लजाउँदै नजरअन्दाज गर्ने कोशिश गरे ।

उनले मीरालाई पनि चुप रहन इशारा गरे । नेहाले शाहिद र मीरालाई बेडमा उनीहरुको ‘फेबरेट पोजिशन’ के हुन्छ भनेर सोधेकी थिइन । थाहा भएकै कुरा हो, यस्तो ब्यक्तिगत प्रश्नमा जवाफ दिन सबैलाई सजिलो हुँदैन ।

यसकारण शाहिदले यसलाई इग्नोर गरे र मीरालाई पनि अभोएड गर्न इशारा गरे । तर, मीराले उत्तर दिइन । उनले भनिन्, ‘मलाई लाग्छ कि शाहिद कन्ट्रोल फ्रीक छन् । उनी सबै मलाई सोध्छन् कि के गर्नुपर्छ ।’

शोको दौरान शाहिदलाई सोधियो कि के उनलाई कुनै महिलाले चिटिङ गरिन् । यसपछि मीराले नेहालाई प्रश्नमा परिवर्तन गर्न भनिन् । जवाफमा शाहिदले भने, ‘एकका बारेमा म निश्चित छु र दोस्रीका विषयमा डाउट छ ।’

शाहिदले नाम लिएनन् । तर, आँकलन लगाइएको छ कि उनको इशारा करिना कपुरतर्फ थियो । जब उनी सैफ अलि खानको नजिक भइन्, त्यतिबेला शाहिद ‘डेट’ गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री