खेलकुद मन्त्रीद्वारा मुल्पानी क्रिकेट मैदानको निरीक्षण

काठमाडौं- नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले आइतबार निर्माणाधिन मुल्पानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

निरीक्षणका अवसरमा मन्त्री विश्वकर्माले जग्गा सम्बन्धी समस्याले अवरुद्ध भएको निर्माण कार्य चाँडै सुरु हुने बताउदै जग्गा सम्बन्धी समस्या १ महिनाभित्र हल गर्ने बताए ।

उनले सो कार्यका लागि अहिले विनियोजन भएको १० करोडबाट अवरुद्ध भएको निर्माण कार्य सुचारु गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता जनाए ।

निरीक्षणका अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाललगायतले मन्त्री विश्वकर्मालाई मैदान र निर्माण कार्यलगायतका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री