नीता अम्बानीको फिटनेश लाइफको रहस्य

मुकेश अम्बानीकी पत्नी नीता अम्बानी पछिल्लो केही वर्षदेखि फिटनेशका कारण सदैव चर्चामा रहेकी छिन् । उनले आफ्नो तौलमात्र घटाएकी छैनन्, पहिलेको भन्दा अझ बढी सुन्दर देखिन थालेकी छिन् ।

आफूलाई फिट राख्नका लागि विहानदेखि बेलुकीसम्म धेरै नियमको पालना गर्छिन् । यसमा खासगरी उनको डाइट र ब्यायाम समावेस छ । केही वर्ष पहिले एक अन्तर्वार्तामा नीताले भनेकी थिइन् कि जब उनको विवाह भएको थियो त्यतिबेला उनको वजन ४७ किलो थियो । तर, जब तीन बच्चाकी आमा भइन् नीताको तौल बढेर ९० केजी भएको थियो ।

जब नीतासँग सोधियो तपाई आफ्नो वजन घटाउनका लागि को जिम्मेवार छ ? उनले सिधा भनिन्, ‘अरु कोही होइन्, यसका पछाडि मेरो छोरा अनन्त नै मेरो प्रेरणाको स्रोत हो । सानो छोराले नीताको तौल घटाउन र सबैभन्दा बढी साथ दिएका हुन् ।’

रनिङ सबैभन्दा राम्रो ‘एक्सरसाइज’ 
फिटनेट एक्पर्ट समीर दाद खानले बताएका छन् कि तौल घटाउनका लागि सबैभन्दा राम्रो एक्सरसाइज दौड हो । यसले काफी क्यालोरी घटाउन सकिन्छ । साथै यदि डाइटमा ध्यान दियो भने धेरै छिटो तौल घटाउन सकिन्छ ।

नीताले रनिङ र टाइटमा ध्यान दिएर आफूलाई फिट बनाएकी हुन् । हामी तपाईलाई बताउँदै छौ कि नीता अम्बानी विहानदेखि बेलुकीसम्म कति नियम पालना गर्छिन् ।

नीता अम्बानीको फिटनेस सेक्रेट
नीता हरेक विहान ४० मिनेट एक्सरसाइज, योग र स्वीमिङ गर्छिन् । यसले उनलाई फट रहनका लागि प्रोत्साहन दिन्छ, जसले गर्दा धेरैभन्दा धेरै क्यालोरी कम गर्न मद्धत मिल्छ । साथै उनी डान्स पनि गर्छिन् । नृत्यले काफी मात्रामा क्यालोरी घटाउन मद्धत गर्छ । काम सकिएपछि नीता बेलुकी ३० मिनेटको एक्सरसाइज र योग गर्छिन् ।

डाइटमा केवल स्वस्थकर खानेकुरा मात्र
नीता दिनको सुरुवात बदाम र ओखर खाएर गर्दछिन् । विहान नास्तामा अम्लेट लिन्छिन् । साथी दिनभरको आफ्नो डाइटमा हेल्दी खानेकुरा मात्र समावेस गर्छिन्, जसमा कार्बोहाइड्रेडको मात्रा न्यून हुन्छ । लन्चमा धेरैजसो हरियो सागपात र सुप समावेस गर्छिन् । बेलुकी ४.३० तिर पनिर वा प्रोटिन रिच स्न्याक लिन्छिन् । रातिको डिनरमा हरियो तरकारी र स्प्राउट समावेस हुन्छ ।

स्ट्रेस फ्री लाइफ पनि हो सेक्रेट
नीता भन्छिन् केवल फिजिकल एक्सरसाइज र डाइटले मात्र वजन कन्ट्रोल हुँदैन् । यसका साथै ‘स्ट्रेस फ्री लाइफ’ पनि अति आवश्यक पर्छ । स्ट्रेस फ्री रहनाले भोक बढाउने हर्मनको मात्र कम हुन्छ । जसका कारण हामी धेरै खाना खानबाट बच्न सक्छौं । साथै सकारात्मक सोच साथ काम गर्न पनि एकदमै जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री