युवा व्यवसायी श्रेष्ठ एनआरएनए आइसीसीको अभियान नेता

लन्डन । लन्डनस्थित एक जना सफल युवा व्यवसायी दीपक श्रेष्ठलाई एनआरएनए आइसीसीको पर्यटन प्रवर्धन नेपाल समितिले अभियान नेता मनोनित गरेको छ ।

उक्त समितिले बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष तथा एनआरएनए यूके पूर्व कोषाध्यक्ष श्रेष्ठलाई सन् २०१९ अक्टोबरसम्म कार्यकाल रहने गरि ‘बुद्ध नेपाल’ अभियानको नेता मनोनित गरेको हो । ६१ औं आइसीसी बैठकको निर्णयपछि समितिका ‘कन्भेनर’ तथा एनआरएनए आइसीसी सह कोषाध्यक्ष सोम सापकोटाले श्रेष्ठ सहित अन्य विभिन्न देशका नेपालीलाई ‘क्याम्पियन लिडर’ मनोनित गरेका हुन् ।

मनोनित अभियन्ताहरुले एनआरएनए एनसीसीसंग समन्वय गरि नेपालको पर्यटन प्रवर्धनका लागि विभिन्न कार्यक्रम र अभियान सञ्चालन गर्ने विश्वास समितिको छ ।

बुद्ध फाउण्डेशन यूके अध्यक्ष श्रेष्ठ यतिखेर आगामी ५ मेमा लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती भव्य रुपमा मनाउने तयारीमा जुटिरहेका छन् । श्रेष्ठकै नेतृत्वमा फाउण्डेशनले कपिलवस्तुमा बुद्ध वृद्धाश्रम समेत निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री