झरी

हे झरी ! नबर्सिदेउ यसरी ।
दुख्ख छ जनको, ओत लाग्ने कसरी ।।
निर्दयी मनकी, बर्सिन्छौ कस्तरी।
के चढाउं मॉता, रोकिन्छ्यौ क्यै गरी ।।

अबोध बचेरा कुरी बस्छन् घरमा ।
आखै नउघार्ने यहि हो धर्म ।।
पाल्नु छ तिनलाई, खोजी जिलो दिनमा ।
अति भो माता, रोकिदेउ छिनमा ।।


के पाउछौ तिमिले रुझाई मलाई ।
राप न ताप, सुर्यलाई लुकाई ।।
विवेक पुरयाउ गर लोक हित ।
रिसइवी नसाध, के लडछयौ ववुरो मसित ।।

बेलायत- मार्च २०१८

प्रतिक्रिया

सम्बन्धित सामाग्री