मेरो चरित्र हत्या भयो- भट्ट

लन्डन । लन्डनस्थित एक सफल व्यवसायी बिराज भट्टले केही दिन यता सामाजिक सञ्जाल र अनलाइन न्यूज पोर्टलमा आफ्नो नाम एक महिला क्षमता ढकालसंग जोडेर 
आइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै भट्टले ढकाललाई एउटा नजिकको साथीका रुपमा आर्थिक तथा भावनात्मक सहयोग गरेको प्रष्टयाउंदै आफूले कुनै प्रलोभन नदिएको स्पष्ट पारेका छन् ।

आफ्नो चरित्र हत्या भएको सम्बन्धमा प्रहरीमा उजुरी गरेपछि ढकालबाट मिडियाबाजी हुनु निन्दनीय भन्दै भट्टले पछिल्ला समाचारबाट आफ्नो चारित्रिक, पारिवारिक तथा व्यवसायिक क्षति हुन गएकोप्रति कानुनी उपाचार खोज्ने गृहकार्य गरिसकेको पनि जनाएका छन् ।

‘हो, क्षमतासंग म निकटको साथीका रुपमा थिएं । उहांलाई अप्ठेरो परेका बेला मैले भावानात्मक तथा आर्थिक सहयोग पनि गरेको हो । तर, उहांले मिडिया र सामाजिक सञ्जालमा भने जसरी मैले कहिल्यै पनि बिवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको थिइन् । कुनै प्रलोभन देखाएर उहांसंग फाइदा लिने मेरो मनसाय पनि रहेन’, उनको विज्ञप्तिमा छ- ‘बरु मैले उहांलाई दुःखको बेला साथ दिएर एउटा असल र सहयोगी भावना निभाउंदा झन् उल्टो मेरो 
चरित्रलाई लिएर विभिन्न अड्कलबाजी तथा भ्रम फैलिएकामा ज्यादै दुःख लागेको छ । म बिवाह गर्न नेपाल जाने भन्ने समाचार पूर्णरुपमा गलत छ ।’

विज्ञप्ति जस्ताको तस्तैः

प्रिय सञ्चारकर्मीमित्रहरु,
विषयः भ्रामक समाचारप्रति सचेत रहनुहुन
विगत केही दिन देखि सामाजिक सञ्जाल र अनलाइन न्यूज पोर्टलमा मेरो नाम एक महिला क्षमता ढकालसंग जोडेर 
आइरहेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
हो, क्षमतासंग म निकटको साथीका रुपमा थिएं । उहांलाई अप्ठेरो परेका बेला मैले भावानात्मक तथा आर्थिक सहयोग पनि गरेको हो । तर, उहांले मिडिया र सामाजिक सञ्जालमा भने जसरी मैले कहिल्यै पनि बिवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको थिइन् । कुनै प्रलोभन देखाएर उहांसंग फाइदा लिने मेरो मनसाय पनि रहेन । बरु मैले उहांलाई दुःखको बेला साथ दिएर एउटा असल र सहयोगी भावना निभाउंदा झन् उल्टो मेरो 
चरित्रलाई लिएर विभिन्न अड्कलबाजी तथा भ्रम फैलिएकामा ज्यादै दुःख लागेको छ । म बिवाह गर्न नेपाल जाने भन्ने समाचार पूर्णरुपमा गलत छ ।
सन् २०१५ को अन्तिमतिर उहां पाकिस्तानी तथा बंगाली समुदायका युवाबाट पीडित भइरहंदा त्यसबाट मुक्ति दिलाउन आफू नेपाली समुदाय र बिजनेशमा स्थापित भएका नाताले मैले उहांलाई नेपाली कम्युनिटीमा घुलमिल हुन प्रेरित गरें । मेरो भावनात्मक सहयोगप्रति क्षमताको परिवार समेत जानकार छ ।
उहां कयौं केटासाथीसंग नजिक भएको र म स्वयंसंग आज को संग डेट गरौं सम्मका कुरा सेयर गर्नुहुन्थ्यो । तर मैले यसमा कहिल्यै प्रेरित गरिन । कतिपयलाई भ्रम छ कि उहांले पाखुरामा बनाएको टयाटु मेरो हो । तर, त्यो भारतीय नागरिक बिराजसिंह कोलीको भएको स्पष्ट पार्न चाहन्छु र उहांको अर्को टयाटु अलीको नाममा पनि छ ।
मेरो चरित्र हत्या भएको सम्बन्धमा प्रहरीमा उजुरी गरेपछि ढकालबाट जसरी मिडियाबाजी भएको छ, यो एकदम निन्दनीय र अस्वीकार्य छ । पछिल्ला समाचारबाट मेरो चारित्रिक, पारिवारिक तथा व्यवसायिक क्षति हुन गएकोप्रति मैले कानुनी उपाचार खोज्ने गृहकार्य गरिसकेको छु ।
मिडिया आवद्ध साथीहरु,
कृपया मेरो र ढकालजीसंग सम्वन्धित समाचार प्रकाशन पूर्व स्वविवेक अपनाइ यसको गाम्भीर्यता बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
बिराज भट्ट
लन्डन

प्रतिक्रिया

सम्बन्धित सामाग्री