श्रृंखला खतिवडा ‘मिस नेपाल’

मिस नेपाल वल्ड २०१८ की विजेता शृङखला खतिवडा, मिस नेपाल युनिभर्स मनिता देवकोटा, मिस नेपाल अर्थ प्रिया सिग्देल र मिस नेपाल इन्टरनेसनल रोनाली अमात्य । तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाडौं । मिस नेपाल–२०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् । द हिडन ट्रेजरले बुधबार सांझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल–२०१८ उपाधि हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन् । उनलाई ‘मिस नेपाल वल्ड’ निकिता चण्डकले क्राउन पहिरयाइदिइन् ।

काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए । गोरखाकी मनिता देवकोटा मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ र काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए ।

काठमाडौँमा बुधबार मिस नेपाल २०१८ की विजेता शृङखला खतिवडालाई ताज लगाउँदै पूर्वमिस नेपाल नितिका चाण्डक। तस्बिर – प्रदीपराज वन्त, रासस

यस वर्षको ‘मिस नेपाल २०१८’ मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य विष्ट, दीपक विष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा थिए ।

प्रतियोगितामा विभिन्न १२ विधामा टाइटल अवार्ड पनि दिइएको थियो ।

मिस नेपाल २०१८ की विजेता शृङखला खतिवडा । तस्बिर- रासस

टाइटल अवार्डका विजेताहरु-

ब्युटिफूल हेयर- श्रृंखला खतिवडा
मिस फ्रेन्डसिप- साहारा लामा
मिस फोटोजेनिक- महिमा सिंह
मिस पङचुअल- लक्ष्मी पौडेल
मिस इन्टेलेक्चुअल- आश्मा ढुंगाना
मिस वेष्ट ऐथ्लिट- मेघा श्रेष्ठ
मिस कन्फिडेन्ट- आस्था साख
मिस फाससिनो- श्रृंखला खतिवडा
मिस ग्ल्यामर- मनिता देवकोटा
मिस पपुलर च्वाइस- सन्ध्या अधिकारी
मिस ट्यालेन्ट- रोनाली अमात्य
ब्यूटी वीथ द परपोज- प्रिया सिग्देल

प्रतिक्रिया

सम्बन्धित सामाग्री