पत्रकार महासंघ बेलायत अधिवेशन तयारीमा जुट्यो

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखा आसन्न अधिवेशनको तयारीमा जुटेको छ । शाखाले आगामी मे १९ का दिन हुने अधिवेशनका लागि विभिन्न जिम्मेवारी बांडफांड गरेको छ ।

शाखा अध्यक्ष नरेश खपांगीमगरले एक परिपत्र जारी गर्दै कार्यविभाजनबारे अवगत गराएका छन् ।

शाखाको बैठक अप्रिल ७ तारिख शनिबार टेलिकन्फ्रेन्समार्फत अध्यक्ष खपांगीमगरको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले शाखाको चौथो अधिवेसनस्थल छनौट गर्ने जिम्मा अध्यक्ष खपांगीमगरलाई दिएको छ ।

अधिवेसनमा प्रस्तुत हुने प्रगति प्रतिवेदन तयार गर्न महासचिव लीलामान शेरपुञ्जालाई, आर्थिक प्रतिवेदन पेश गर्न कोषाध्यक्ष पूर्ण गुरुङलाई र विधान संशोधन मस्यौदा प्रस्तुत गर्न वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई जिम्मा दिइएको परिपत्रमा उल्लेख छ ।

त्यसैगरि, अधिवेसनका दिन ६० वर्ष उमेर पूरा गरेका अग्रज पत्रकारहरुलाई सम्मान गरिने र सोको संयोजनको जिम्मा उपाध्यक्ष ध्रुव अर्याललाई दिइएको छ ।

बैठकले सदस्यहरुको अनुकूलताअनुसार जिम्मेवारी हेरफेर गर्न सकिने गरी अधिवेसन तयारीको जिम्मेवारी बाँडफाँड गरेको छ । हल व्यवस्थापनमा जगत थापा, वाचस्पति रेग्मी, नगेन्द्र नेम्वाङ, प्रकाश गुरुङ र मधुकर गुरुङ, प्रतिनिधि दर्तामा पूर्ण गुरुङ, रोशन मेवाहाङ राई, पुष्पा गुरुङ र भावना परिस्कृत सुनुवार, अभिलेखीकरणमा छत्र वनेम र शिव भण्डारी, अतिथि सत्कारमा सल्लाहकारहरु भगिरथ योगी, चिरन शर्मा, नवीन पोखरेल, हरिकुमार गुरुङ ‘काजी’, केशव भण्डारी र मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पा, भिडियो-फोटोमा मिलन तमु, एसके गुरुङ, शंकर श्रेष्ठ, विसन गुरुङ र गुणदेव घिमिरे, प्रचार-प्रसारमा शिव भण्डारी, शिव तिवारी, नृपेश उप्रेती, नरेन्द्र बस्नेत, सुजन पराजुली र जानुका राईलाई जिम्मा दिइएको छ ।

चौथो अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि विजय थापाको संयोजकत्वमा सोलिसिटर राजु थापा, निवर्तमान अध्यक्ष चिरन शर्मा, सभासदहरु विकल आचार्य र दुतबहादुर पुन रहेको निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको सल्लाहकारमा राजन कँडेल, रामशरण सिंखडा, भगिरथ योगी, नवीन पोखरेल, हरिकुमार गुरुङ ‘काजी’, केशव भण्डारी र मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पालाई चयन गरिएको छ ।

शाखामा महासंघको सदस्यताका लागि प्राप्त आवेदनहरुमध्ये गणेश खड्का, प्रदिप सिंह, खुशीमान लिम्बु, विपिन निरौला, सिद्धार्थविक्रम क्षेत्री, रवि अर्याल, अनिल मल्ल, टिका अधिकारी, शालिक सापकोटा, अर्जुन कटवाल, रुपक प्रजापति, जीवन सेन र सुशील प्रजापतिको आवेदन केन्द्रमा पठाउन सिफारिस गर्ने निर्णय गरिएको छ ।

बैठकमा अध्यक्ष खपांगीले सहभागी सबै पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै अधिवेसनमा केन्द्रित हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री