तमु समाज युके पांचौ महाधिवेशन तयारीमा 

लन्डन । तमु समाज युके ११ औं वार्षिक साधारणसभा तथा 
पांचौं महाधिवेशन तयारीमा जुटेको छ । समाजका अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षतामा समाजको आफ्नै कम्युनिटी सेन्टरमा तयारी बैठक हालै सम्पन्न भएको छ । बैठकमा आगामी ६ मे २०१८ तारिख तय गरिएको वार्षिक साधारण सभा तथा पांचौं महाधिवेशन सम्बन्धी विभिन्न महत्वपूर्ण बुंदाहरुमा छलफल गरिएको समाजले जनाएको छ ।
महासचिव ज्ञान बहादुर गुरुङले सञ्चालन गरेको बैठकमा समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ लगायत सल्लाहकारहरु, जेष्ठ नागरिक, समाजका विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।
बैठकले वार्षिक प्रतिवेदन तयार गर्न महासचिव ज्ञान गुरुङ, विधान संशोधन मस्यौदा प्रस्तुत गर्न अध्यक्ष अर्जुन कुमार गुरुङ, आर्थिक प्रतिवेदन प्रस्तुत गर्न कोषाध्यक्ष उदय गुरुङ, आमा समूहको प्रतिवेदन प्रस्तुत गर्न आमा समूहकी अध्यक्ष श्रीमती माया गुरुङ तथा युवा समूहको प्रतिवेदन तयार गर्न समूहका अध्यक्ष ओमकार गुरुङलाई जिम्मा दिएको छ ।
त्यसैगरि, अन्य व्यवस्थापनका लागि संयोजक केदारबहादुर गुरुङलाई र खानाको जिम्मा हरिमान गुरुङलाई दिइएको छ ।
पांचौं महाधिवेशनबाट नयां कार्यसमिति चयन गर्न शिवशरण गुरुङको संयोजकत्वमा सचिव सल्लाहकार ले. थमप्रसाद गुरुङ, सदस्य सल्लाहकार बाबुराम गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको छ ।
बैठकमा समाजका कोषाध्यक्ष उदय गुरुङले समाजको आय ब्यय विवरण प्रस्तुत गरेका थिए । समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङले बेलायतको नेपाली डायस्पोरामा तमु समुदायको महत्वपूर्ण भूमिका रहेको बताउंदै तमु कला, संस्कृति र पहिचान जोगाइ राख्नका निम्ति सबैलाई आव्हान गर्दै समाजको वार्षिक साधारण सभा तथा पांचौ महाधिवेशन सफलताको शुभकामना दिए ।
यसै क्रममा समाजको सामाजिक भवनका संयोजक 
एवं सल्लाहकार बाबुराम गुरुङ, सल्लाहकारहरु यम गुरुङ र इमान घलेलाई उनीहरुले समाजघरप्रति दिएको योगदान अतुलनीय भएको भन्दै धन्यवाद ज्ञापन गरियो । तमु समाज युकेको भवन खरिद परियोजनाका संयोजक तथा सल्लाहकार सुबासिङ गुरुङ (बीइम) ले पनि उनीहरुको योगदानको प्रशंसा गरे ।
 समाजको निर्वाचन तालिका-
५ मे २०१८
१. मतदाता नामावली प्रकाशन समय- १३०० बजे
२. उम्मेदवारी दर्ता – १४०० बजे
३. उम्मेदवारी नामवली प्रकाशन- १४.३०-१४.४५ बजे
४. उम्मेदवारी तथा मतदाता नामावलीमा दावी विरोध- १४.४५ – १५.०० बजे
५. उम्मेदवारी मनोनयन फिर्ता समय- १५.०० – १५.१५ बजेसम्म
मिति ६ मे २०१८
६. अन्तिम मतदाता नामावली प्रकाशन- १४.०० बजे
७. उम्मेदवारको अन्तिम नामावली प्रकाशन- १५.०० -१६.०० बजेसम्म
८. मतदान गर्ने समय- १६.०० -१७.०० बजेसम्म
९. मतगणना- १७.०० बजे देखि
१०. मत परिणाम घोषणा मतगणना समाप्त हुने बित्तिकै
समाजले निर्वाचनमा सहभागी भई तमुहरुको साझा संगठनलाई सुदृढ र समृद्ध गर्ने कार्यमा सहयोग गर्न सम्पूर्ण सदस्यहरुमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री