के हो मिस नेपाल श्रृंखलाको ब्वाइफ्रेण्ड किस्सा ?

नयाँ मिस नेपाल श्रृंखला खतिवडा वौद्धिक सुन्दरीका रुपमा मिडियामा छाएकी छन् । मिठो प्रस्तुती शैली र शानदार ब्यक्तित्वका कारण उनको चर्चा चुलिएका छन् ।

हेटौंडाकी यी २२ वर्षीया सुन्दरीले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘आर्किटेक्ट इन्जिनियरिङ’ मा स्नातक गरेकी छन् । लेखनप्रति पनि उत्तिकै रुची राख्ने उनी भविष्यमा प्रसिद्ध आर्किटेक्ट इन्जिनियर बन्ने सपना पालेकी छन् ।

राजनीतिक परिवारमा हुर्केकाले होला, उनको बोल्ने शैली पनि ओजनदार छ । उनी हेटौंडा क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् । उनकी आमा मुनु खतिवडा एमालेको एकमात्र जिल्ला अध्यक्ष हुन् । मुनु प्रदेश नं. ३ की एमालेकोतर्फबाट समानुपातिक सांसद समेत हुन् ।

त्यसैले श्रृंखलाको तार्किक बोलाइ र प्रस्तुती शैलीको पनि तारिफ भइरहेको छ । र, सँगसँगै उनको प्रेम सम्बन्धलाई पनि अनलाइन मिडियाहरुले चर्चाको विषय बनाएका छन् । ती अनलाइन मिडियाहरुको दाबी के छ भने उनका ब्वाइफ्रेण्डको नाम प्रसंग पन्त हो ।

अनलाइनहरुकाअनुसार २६ वर्षीय पन्त अहिले अष्ट्रेलियामा पढिरहेका छन् । उनको स्थायी घर भने काठमाडौं हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री