रुस र सिरियाले डुमामा अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई पहूँच दिने

डुमामा क्षतिग्रस्त भवनहरु । तस्विर एपी

अंकारा, ४ वैशाख – संयुक्त राष्ट्रसंघ तथा पश्चिमा राष्ट्रहरु समेतले सिरियाका विभिन्न स्थानमा रासायनिक पदार्थहरु मिसिएको घातक हतियारबाट भएका हमलाहरुको अध्ययनका लागि यस्ता शस्त्रहरु राखिएका भनिएका स्थानको भ्रमण गर्न सिरिया र रुसले अनुमति दिने भएका छन् ।

ती स्थानको भ्रमण र अवलोकनका लागि रुस र सिरियाले अन्तर्राष्ट्रिय अनुगमनकर्ता तथा विज्ञहरूलाई पनि पहूँच दिने जनाएको समाचारमा उल्लेख गरिएको छ ।

यसरी ती स्थानमा रुस र सिरियाले वास्तविकता लुकाउने प्रयास गरिरहेको विदेशी अनुगमनकर्ताहरूले जनाएका छन् । सिरियाली सरकारी सेनाले डुमामा गराएको हमलाको विषयमा सूचना संकलन गर्नबाट रोकिरहेको यसअघि बताइएको थियो ।

यसअघि अमेरिका र उसको गठबन्धनका सदस्य राष्ट्रहरुले ती हतियारहरुको प्रयोग गरिएका भनिएका स्थलहरुमा सिरियाली सेनाले नै प्रमाणहरू नष्ट गरिरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

डुमामा जानका लागि भन्दै शनिवार नै सिरिया पुगेका अन्तर्राष्ट्रिय विज्ञहरुलाई नमुना संकलन गर्न जानबाट सरकारले रोकेको थियो ।

यस घटनाको अन्तर्राष्ट्रिय रुपमा नै विरोध गरिएको छ । विरोधस्वरुप ती विदेशी विज्ञहरुले सरकारले नै ती क्षेत्रमा जान नदिएको भन्दै पहूँचका लागि सिरिया र रुसी सरकारलाई दबाव दिएका थिए ।

पहूँच नदिइएको भन्नु आरोपमात्र 

यसैबीच अन्तर्राष्ट्रिय रुपमा अनुगमन गरिरहेको अधिकारीहरूलाई सिरियामा रासायनिक हतियार आक्रमणबारे छानविन गर्न गएको समूहलाई रूस र सिरियाले अवरोध गरेको समाचार आधारहीन भएको क्रेमलिनले जनाएको छ ।

रूसप्रति लगाइएका यस्ता आरोपमा कुनै सत्यता नभएको क्रेमलिनले जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि उक्त आरोपको खण्डन गर्नुभएको छ ।

उहाँले सिरियामा रासायनिक आक्रमण भएको भनिएको घटनाको पूर्वाग्रहरहित अनुसन्धानको पक्षमा रुस रहेको उहाँको भनाई छ ।

रूस र सिरियाले रासायनिक हतियार निवारण सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (ओपिसीडब्लु) ले खटाएका हतियार विज्ञ सदस्यलाई सिरियाको डुमामा प्रवेश गर्न अवरोध गरेको बेलायतले जनाएको थियो ।

यही अप्रिल ७ मा भएको भनिएको उक्त आक्रमणमा रूसबाट समर्थन प्राप्त सिरियाली राष्ट्रपति वसर अल–असदको प्रशासनले क्लोरिन र सारिन नामक विषाक्त ग्यास हमला गरेको र त्यसमा परी कम्तीमा पनि ४० जना विद्रोहीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री