पुरुष उवाच (दृष्टान्त)

नफक्रिएका कुन फुल होला यहां, बैंस-वसन्त चढेसी ।
लिन्छ मधुरस सके जति भमरा, भुल्दैन उसको गति ।।
कर्म-धर्म एकनास छैन् जगतमा, सृष्टि उनैको हेर ।
विक्षिप्त रुपको हुन्छ खहरे, पाएसी वर्षाको भेल ।।
———————
नियाल रविको रुप मानुषी ! पृथक दिन दिनमा ।
बिहानकी रुपवती अप्सरा, लज्जित गोधुली सांझमा ।।
माधुर्य मुहार हिमालको, लाली ललाट छविको ।
फेर्छिन् रुप क्षण भर, पाएसी गाथ रविको ।।
———————
हुंदैन समान रुप-गुण मनुजको, बास एकै कोख बसेनी ।
सृष्टिको चक्र घुम्छ है कसरी, मियो मदीना भुलेसी ।।
कर्मको गति समाउं मानुषी, बस्छ्यै कति हिमाल भै ।
पाउंछयौ खुस छिन् भर मै, बिलों बाडेको शिकारी झैं ।।

बेलायत,
१७ अप्रिल २०१८

प्रतिक्रिया

सम्बन्धित सामाग्री