प्रीति जिन्टासँग क्रिस गेलको मस्ती

बलिउड नायिका प्रीति जिन्टा डिम्पल गर्लका रुपमा संसारभर चिनिन्छिन् । बिहीबार उनै प्रीति निकै खुशी मुडमा देखिएकी थिइन् ।
कारण हो, उनको टिमका सर्वाधिक विस्फोटक ब्याटसम्यानको शतकमा आइपिएलमा आफ्नो टिमले जित दर्ता गर्नु ।

बिहीबार राति भएको खेलमा आइपिएल २०१८ को १६ औं खेलका दौरान किंग्स इलेभन पन्जाबले सनराइजर्स हैदरावादलाई १५ रनले हरायो । खेलमा हैदरावादले जितका लागि १९४ रनको विजयी लक्ष्य पाएको थियो । तर, हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदैं १७८ रनमा समेटियो ।

यो प्रतियोगितामा हैदरावाद पहिलो पटक पराजित भएको हो । खेलमा पन्जाबका लागि क्रिस गेलले प्रतियोगिताको पहिलो शतक प्रहार गरे । खेल सकिएपछि क्रिस गेलले टिमकी को ओनर प्रिति जिन्टासँगै मिलेर मस्ती पनि गरे ।

क्रिस गेलले यस खेलमा १०४ रन बनाए । ६३ बलको आफ्नो पारीमा उनले केवल १ चौका र ११ छक्का प्रहार गरे ।

गेल आइपिएल २०१८ मा शतक लगाउने पहिलो क्रिकेटर बने । साथै, यो उनको आइपिएल करिअरको छैटौ शतक हो । उनी विस्फोटक इनिङका कारण म्यान अफ द म्याच चुनिए ।

खेल सकिएपछि विस्फोटक ब्याटसम्यान गेलले आफ्नो टिमकी को वनर प्रीति जिन्टासँग मिलेर रमाइलो गरे । उनले प्रीतिसँग सेल्फीमात्र खिचाएनन्, डान्स पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री