लण्डन । युकेका नेपालीहरुको संसदीय भ्रमणको प्रतिवेदन बेलायत तथा नेपालको संसदमा पेश गरिएको छ ।
युके नेपाल मैत्री समाजको आयोजनामा गत वर्ष बेलायतका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु रहेको प्रतिनिधि टोलीलाई बेलायतको वेष्टमिनिष्टरमा रहेको संसद तथा वेल्स राज्यको संसदीय भ्रमण गराइएको थियो । ती भ्रमणपछि प्राप्त नेपालीहरुको अनुभव र अपेक्षा समेटिएको सो रिपोर्ट गत साता नेपाल तथा बेलायतका दुवै देशका तल्लो सदन तथा वेल्स राज्यको संसदमा बुझाइएको छ ।
सो प्रतिवेदन प्राप्त गरेपछि बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सभामुख जोन बर्कोको कार्यालयले सो प्रतिवेदनका लागि समाजलाई धन्यवाद दिएको र प्रतिवेदन पढ्ने वचन दिएको समाजका अध्यक्ष अलान मार्सेल स्यांकाले जानकारी दिए ।
प्रतिवेदनमा बेलायती संसदमा नेपालमा मानवअधिकार तथा नेपालको सार्वभौमिकताका बारेमा उठाइएका सवालहरुका बारेमा नेपाली प्रतिनिधिमण्डलले व्यक्त गरेको प्रतिक्रिया उठाइएको छ । यस्तै, संसदका विभिन्न समितिले तिनले गरेका निर्णयको कार्यान्वयनका प्रक्रियाबारे पनि उल्लेख छ ।
समाजका अध्यक्ष स्यांकाले नेपाली समुदायले कसरी बेलायतको संसदीय अभ्यासका बारेमा आफूलाई जानकार बनाउन सकिन्छ भनेर चासो देखाउनु सकारात्मक पक्ष रहेको बताए ।
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ