बेलायतका नेवारहरु गुथि भोजमा यसरी दंग


लन्डन । पासा पुच गुठी यूके साउथ इष्ट लन्डनले शनिबार लन्डन उलवीचस्थित मलग्रेभ स्कुल हलमा गुथि भ्वये (भोज) ने.सं ११३८ कार्यक्रम गरेको छ । परम्परागत शैलीको उक्त नेवारी भोजमा १८० जना अतिथी सहभागी थिए । सहभागीले पलेटी कसेर दुना टपरीमा समे बजी, ३७ विभिन्न किसिमका नेवारी खाना, जुजु धौ र घरमा निर्मित रक्सी (जांड) ग्रहण गरेका थिए ।

अतिथीहरुलाई धिमे बाजा र ५ जना ज्येष्ठ नागरिक (नाइके) विष्णुप्रसाद जोशी, महन्त श्रेष्ठ, भुपेन्द्रमान शाक्य, कुमार श्रेष्ठ र किशोर श्रेष्ठसहित पासा पुच गुठी यूके साउथ इष्ट लन्डनका अध्यक्ष सुशील प्रजापतिले स्वागत गरेका थिए ।

कार्यक्रममा बेलायतका विभिन्न शहरबाट नेवारी पोशाक र गरगहनामा सजिएका नेवार जातीको सहभागिता थियो । गायक योगेश्वर अमात्य र नायक धिरेन शाक्य कार्यक्रमका थप आकर्षण थिए । मनिष श्रेष्ठले कार्यक्रम सञ्चालन गर्दै नेवारी समुदाय र संस्कृतिमा गुथि भ्वयेको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रमको संयोजन माधव श्रेष्ठ र समग्र व्यवस्थापन पासा पुच गुठी यूके साउथ इष्ट लन्डनका अध्यक्ष प्रजापतिले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री