शुक्रबार, असोज ५ २०७५ | Fri, September 21, 2018
नेपालको समय: २१:३९ | UK Time: 16:54

बेलायतका १२४ नेपाली गल्फर भिडे प्रतियोगितामा

विनेपाली
२०७५ वैशाख १६ गते २१:३३

लन्डन । गोर्खा गल्फ सोसाइटी यूकेले ‘दोश्रो पिपल मोर्गेजेज गल्फ च्याम्पियनसीप’ आयोजना गरेको छ । ओक पार्क गल्फ कोर्स, हिथ लेन्समा प्रतियोगिता भएको हो ।

प्रतियोगिता शुरु हुनुअघि गोर्खा गल्फ सोसाइटी यूकेका अध्यक्ष मेजर दिलीप गुरुङले सोसाइटीको गतिविधिबारे अवगत गराए भने महासचिव सार्जेन्ट सोमरस तामाङले टुर्नामेन्टको नियमबारे प्रकाश पारेका थिए ।

उक्त प्रतियोगिता पिपल मोर्गेजेज मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ, पिपल मोर्गेजेजका निर्देशक सूर्य गुरुङ र गोर्खा गल्फ सोसाइटी यूके अध्यक्ष मेजर दिलीप गुरुङले 
संयुक्त रुपमा उद्घाटन गरेका थिए । बेलायतको क्याट्रिक, बर्नमाउथ, ब्रेकन, फोकस्टन जस्ता शहरबाट आएका १२४ नेपाली गल्फरहरु प्रतिष्पर्धामा उत्रिएका थिए ।

विजेताहरुको नामावली तल प्रकाशित छ ।

Winners-

1. Gross Winner : Ram Rai

2. Net Winner : Tolok Gurung

3. Pair Winner : Dal Pun & Christopher Gauchan

4. Pair Runner Up : Milan Rai & Singa Tamang (Ghising)

5. Division A Winner : Jit Thapa

6. Division A Runner Up : Ram Malla

7. Division B Winner : Surya Gurung

8. Division B Runner Up : Bipen Linkha

9. Division C Winner : Bir Limbu

10. Division C Runner Up : Cheena Gurung

11. Longest drive Winner – Veteran : Nirmal Bhattachan

12. Longest drive Winner – Open : Bir Limbu

13. Nearest to the Pin- Par 3 Winner : Lekh Pun

14. Nearest to the Pin – Par 4 Winner : Krishna Younghang

15. Lucky Draw Winners-

Bhakta Sherchan, Badri Rai & Surya Gurung

तस्विरहरु- शंकर श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक