सोनमको विवाहमा पुगिन् एक्स ब्वाइफ्रेण्डकी बहिनी, दिइन् स्पेशल गिफ्ट

बलिउड नायिका सोनम कपुरले दिल्लीका विजनेशम्यान आनन्द आहुजासँग विवाह गरेकी छिन् । विवाहमा बलिउडका कयौं सेलिब्रेटीहरु सहभागी भएका थिए । विवाहमा सोनमलाई कयौं उपहार पनि प्राप्त भए । उनको विवाहपूर्व पनि यस्ता गिफ्टहरु आएका थिए ।

सोनमलाई उनका पूर्व ब्वाइफ्रेण्ड रणवीर कपुरकी बहिनी रिद्धिमा कपुर साहनीले एक खास ‘गिफ्ट’ दिइन् । रिद्धिमाले सोनमको विवाहभन्दा पहिले एक ब्रासलेट गिफ्ट गरेकी थिइन् । जसलाई रिद्धिमा स्वयंमले डिजाइन गरेकी थिइन् ।

सोनमलाई रिद्धिमाले दिएको यो गिफ्टमा हरियो रंगको पन्ना लगाइएको थियो र उसको आसपास साना साना ह्वाइट कलरको डायमण्ड लगाइएको थियो ।

सोनमको विवाहमा रिद्धिमा कपुर सहभागी हुन पाइनन् । तर, उनले सोनमलाई विवाहपूर्व नै गिफ्ट पठाएकी थिइन् । फिल्म उधोगमा सोनमको पहिलो अफेयर रणवीरसँग भएको बताइन्छ । दुवैको अफेयर फिल्म सावरियाको दौरान भएको बताइन्छ । दिपिकाका कारण रणवीरको सोनमसँग ‘ब्रेकअप’ भएको मिडियामा खबरहरु आएका थिए ।

सोमनले रणवीरसँग आफ्नो अफेयर्सको हल्ला टिभी शो ‘कफी विद् करण’ मा समेत स्वीकार गरेकी थिइन् । जसमा सोनमसँगै दिपीका पनि अतिथीका रुपमा बोलाइएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री