‘घाम र जून’ विमोचनसँगै साहित्य महासंघको वेस्ट युके शाखा गठन 

लण्डन । विश्व नेपाली साहित्य महासंघको वेष्ट युके शाखा गठन तथा ‘घाम जुन कृति’ कविता संग्रह विमोचन भएको छ ।
गत शनिबार बेलायतको स्वीन्डन कम्यूनिटी हलमा एक समारोहबीच प्रमुख अतिथि स्वीन्डन नागरिक समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार बिष्णु प्रसाद गुरुङ, विशेष अतिथि विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेला, अतिथिहरु र स्रष्टाले कवयित्री नानु रानाद्वारा लिखित कविता संग्रह ‘घाम जुन’ विमोचन गरे ।
साहित्य महासङ्घ साउथ युके शाखाका पूर्वअध्यक्ष वातावरणविद् साहित्यकार विजय हितान र जानु काम्बाङले कृतिबारे विस्तृत समीक्षा गरे । त्यस्तै विशेष अतिथि तिगेलाले महासङ्घ स्थापनाको आवश्यकता र शाखा निर्माणका फाइदाबारे बोल्दै शाखा निर्माणको लागि आग्रह गरेका थिए ।
कार्यक्रममा स्वीन्डन गोर्खा नेपाली समाजका संरक्षक बल्लब गुरुङ, गोर्खा नेपाली समाजकी महासचिव तथा कवयित्री श्रीमती मनु पाईजा, स्वीन्डन महिला समाजकी निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार श्रीमती बिष्णु सिरिश, किरात धर्म तथा साहित्य उत्थान संघ, युकेका अध्यक्ष राम थेबे, स्वीन्डन किरात याक्थुङ चुम्लुङका सचिव लाल लिङ्देन, स्वीन्डन गोर्खा नेपाली समाजको साहित्य संयोजक श्रीमती गङ्गा थापाको समेत उपस्थिति थियो ।
कार्यक्रममा कवि जय तामाङ, मनु पाइजा, सेमन्त राई लगायतका दर्जनभन्दा बढी सिर्जना वाचन भए । कवि तथा गीतकार भरत लोहोरुङ्ग राई, कवि तथा गीतकार सुरेन्द्र ईङनामले मीठो बाँसुरी धुन सुनाएर सबैलाई मोहित बनाएका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा विश्व नेपाली साहित्य महासङ्घ, वेस्ट यूके शाखा गठन भयो । साहित्यकार लाल सुन्दर राईको अध्यक्षतामा गठित ८ सदस्सीय समितिमा उपाध्यक्षद्वय चन्द्रकला थेवे र भरत लोहरुङ राई, महासचिव जानुका काम्बाङ, सचिव गंगा थापा, कोषाध्यक्ष नानु राना, सह-कोषाध्यक्ष मनु पाइजा र सदस्यमा जयराम तामाङ र हरि राई चयन भएका छन् ।
अध्यक्ष राईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद र विमोचित कृतिका कवयित्री रानालाई बधाई दिंदै सभाको विसर्जन गरेका थिए । कार्यक्रम संचालन जानु काम्बाङले गरेकी थिइन् भने उनले मुचुङ्गा र विनायो पनि बजाएर रोचकता थपिन् ।
साहित्य महासङ्घको युकेमा तेस्रो शाखा हो भने सन् २०१० मा स्थापित यस महासङ्घको विश्वभर २७ शाखा गठन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री