पोर्तुगल जनजाति महासंघका अध्यक्षको लडेर निधन

लिस्बोन । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष तथा पोर्तुगलमा एकजना सफल नेपाली ब्यवसायीका रूपमा परिचित समाजसेवी नरभुपाल राईको छुट्टीमा नेपाल गएको बेला असमायिक र दुःखद निधन भएको छ ।

मे १३ तारिख नेपाल धरानस्थित आफ्नै घरमा आफ्नो छोराको छेवर अर्थात पहिलो चोटी कपाल खौरने कार्यको तयारीको लागि उनी घर सरसफाइ गर्दै थिए । सोही क्रममा चिप्लिएर भरयाङबाट लड्दा घांटीमा सिसाले गहिरोसंग काटेपछि धरानको विपी कोइराला मेमोरियल हस्पिटल लगेर उपचार गर्दागर्दै असामयिक निधन भएको परिवारबाट जानकारी दिइएको छ ।

राईको अकल्पनीय र असामयिक निधनले पोर्तुगलको नेपाली समुदाय शोकमग्न बनेको छ । पोर्तुगलका सबै नेपाली संघ संस्थाले शोक बक्तब्य निकाल्दै दुःख ब्यक्त गरेका छन् । उनी पोर्तुगलको राजधानी लिस्बोनमा सगरमाथा चेन रेस्टुरेन्टका प्रोपाइटर थिए । विगत १५ वर्षदेखि उनी पोर्तुगल बस्दै आएका थिए । उनका एक छोरा र श्रीमती छन् । उनको परिवारका सबै सदस्य भेला भएपछि किरात संस्कार अनुसार अन्त्यष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री