कांग्रेस संसदीय दल कार्यसमितिमा को-को चुनिए ?

काठमाडौँ-नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्यमा आवश्यक निर्वाचित हुने पद संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिले मंगलबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्खास्तको समय निर्धारण गरेको थियो ।

निर्विरोध निर्वाचित कार्यसमितिमा सात प्रदेशबाट डा मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज कँडेल, रंगमती शाही र दिलेन्द्रप्रसाद बडू रहेका छन् ।

त्यस्तै, खस आर्यबाट तारादेवी भट्ट र राजेन्द्रकुमार केसी, आदिवासी-जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेशीबाट जितेन्द्रनारायण देव र मीनाक्षी झा रहनुभएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, दलितबाट मीनबहादुर विश्वकर्मा र विमला नेपाली, थारूबाट नमिता चौधरी, मुस्लिमबाट अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट रामबहादुर विष्ट निर्विरोध निर्वाचित भएको उनले बताए । निर्वाचन समितिले यही जेठ ७ गतेका लागि कार्यसमितिको निर्वाचन तालिका निर्धारण गरेको थियो ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन भने गत फागुन २१ गते सम्पन्न भई पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । कार्यसमितिमा संसदीय दलको नेताले पाँच जना सदस्य मनोनीत गर्न पाउने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री