सोमबार, जेठ ७ २०७५ | Mon, May 21, 2018
नेपालको समय: १८:१० | UK Time: 13:25

एमाले-माओवादी एकता : ४४१ सदस्सीय केन्द्रीय समिति, चुनाव चिन्ह सूर्य

विनेपाली
२०७५ जेठ २ गते १५:४०

तस्वीर: प्रचण्डको सचिवालय

काठमाडौं-नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको छ । बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच दुई पार्टीको केन्द्रीय समिति र स्थायी समिति भागबण्डामा समेत सहमति जुटेको छ ।

ओलीले बुधबार साँझ बालुवाटारमा बोलाएको एमाले स्थायी समितिको बैठकमा दाहालसँग ४४१ सदस्सीय केन्द्रीय समिति बनाउने विषयमा सहमति जुटेको बिफ्र गरेको एक नेताले बताए । ती नेताकाअनुसार २४१ एमाले र २०० माओवादीबाट हुनेछन् ।

यस्तै, एकीकृत पार्टीको ४३ सदस्सीय स्थायी समिति हुनेछ । जसमा एमालेबाट २५ र माओवादीबाट १८ जना सदस्य रहनेछन् । दुई अध्यक्षको सहमतिअनुसार पोलिटब्यूरो भने एकीकृत पार्टीमा हुनेछैन् ।

एकीकृत पार्टीको नाम नेपाल पार्टी हुनेछ । चुनाव चिन्ह भने सूर्य नै राख्ने विषयमा दुवै अध्यक्ष सहमत भएका छन् । बिहीबार नै मदन भण्डारी स्मृति दिवसको अवसर पारेर पार्टी एकताको घोषणा गर्ने तयारी पनि दुवै दलले गरेका छन् ।

पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सहभागीहरु । तस्बिर सौजन्य- प्रधानमन्त्रीको सचिवालय, रासस

अहिले एमालेसँग भएको सहमतिका विषयमा छलफल गर्न माओवादी केन्द्रीय कार्यलयको बैठक जारी छ । स्रोतकाअनुसार उक्त बैठकले एमालेसँगको सहमति अनुमोदन गर्नेछ । यस्तै, एमाले स्थायी समितिले भने पार्टी एकतासँग सम्बन्धित उक्त सहमतिलाई अनुमोदन गरेको बताइएको छ ।

भोलि नै पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ भने निर्वाचन आयोगमा पनि भोलि नै नेपाल कम्युनिष्ट पार्टी दर्ता गर्ने योजना छ । भोलि नै विहान ओली र दाहाल बल्खुमा मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।

भोलि एकता संयोजन समितिको बैठकपछि पार्टी एकताबारेको लिखित सहमति सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक