झरनाले छोरी सुहानालाई डेब्यु गराउँदै, अपोजिट रोलमा अनमोल

काठमाडौं–नायिका झरना थापाले आफ्नी छोरी सुहाना थापालाई फिल्ममा ‘डेब्यु’ गराउने भएकी छन् । उनले आफ्नो होम प्रोडक्टसन हिट फिल्म ‘ए मेरो हजुर’ को सिक्वेलमार्फत छोरीलाई फिल्म उधोगमा डेब्यु गराउन लागेकी हुन् ।

‘ए मेरो हजुर–३’ मार्फत झरनाले छोरीलाई फिल्ममा ल्याउने तयारी गरेकी हुन् । ‘ए मेरो हजुर’मा झरना र स्व. नायिक श्रीकृष्ण श्रेष्ठले अभिनय गरेका थिए । उक्त सिनेमा सुपरहिट भएको थियो । त्यसपछि झरनाले बनाएको सिक्वेल ‘ए मेरो हजुर–२’ मा साम्राज्ञीराज्यलक्ष्मी शाह र सलिनमान बाँनियाले मुख्य भूमिका निभाएका थिए ।

झरनाको होम प्रोडक्समा निर्माण हुँदै आएको ‘ए मेरो हजुर’को तेस्रो सिरिजमार्फत अब उनले छोरीलाई डेब्यु गराउन लागेकी हुन् । उनले छोरीको डेब्यु फिल्ममा सर्वाधिक ठूला स्टार अभिनेता मानिने अनमोल केसीलाई अपोजिट भूमिकामा खेलाउनेछिन् ।

अनेमाललाई शनिबार निर्माण पक्षले अनुबन्ध समेत गरिसकेको छ । अनमोललाई ३० लाखमा अनुबन्ध गरेको खबर मिडियामा आइरहेको छ । तर, यसबारेमा निर्माण पक्षले भने आधिकारिक पुष्टि गरिसकेको छैन् ।

भुवन केसीका छोरा अनमोल हिरो रहने फिल्मको निर्माण झरनाका श्रीमान सुनिलकुमार थापाले गर्दैछन् भने निर्देशन झरना स्वंयमले गर्नेछिन् । यसअघि उनले ‘ए मेरो हजुर–२’ को निर्देशन गरिसकेकी छिन् । फिल्मको सुटिड भदौबाट हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री